Instructor
विगत बाह्र वर्षदेखि शिक्षा क्षेत्रमा सेवारत उमेश अधिकारी एक कुशल र सृजनशिल शिक्षक हुनुहुन्छ । उत्कृष्ट शैक्षिक पृष्ठभूमि र शिक्षण प्रतिको गहिरो प्रतिबद्धता भएका उमेश हाल काठमाडौंको बूढानीलकण्ठ–८ मा रहेको महांकाल जन जागृती मा.वि.मा नेपाली माध्यमिक शिक्षककारुपमा कार्यरत हुनुहुन्छ । नेपाली मुल बिषयमा स्नातकोत्तर (M.Ed.) उपाधि हासिल गरेका उमेशसँग शिक्षण क्षेत्रमा सफल बन्न आवश्यक सैद्धान्तिक र व्यावहारिक ज्ञान मात्रहैन विद्यार्थीहरूका लागि प्रभावकारी सिकाइ वातावरण सिर्जना गर्न सक्षमहुने उन्नत शिक्षण सीप समेत पर्याप्त छ । आफ्नो उक दशक लामो शिक्षण करियरमा बिबिध शिक्षण अनुभव, विधिहरूको प्रयोग र उत्पन्न चुनौतीहरूको सामना गर्दै आउनु भएको छ । वर्षौंदेखि आफ्नो शिक्षण सीपलाई निखार्दै शैक्षिक समुदायमा एक प्रभावशाली व्यक्तित्वको रूपमा आफूलाई स्थापित गर्न सफल उमेश पाठ योजनाहरूको निर्माण, र नवीनतम शिक्षण रणनीतिहरूलाई आत्मसात् गर्ने सवालमा कहिल्यै पछाडि पर्नुभएको छैन । प्रत्येक विद्यार्थीको सिकाइ आवश्यकताहरू र सक्षमताहरु फरक हुन्छन्, भन्ने कुरा गहिरोसँग बुझेका उमेश भिन्न शिक्षण प्रविधिहरू अपनाएर शिक्षणमा आलोचनात्मक चिन्तन, सिर्जनात्मकता र व्यावहारिक ज्ञानलाई प्रवद्र्धन गर्न बढी केन्द्रित भएको पाईन्छ । विद्यार्थीहरूलाई जिज्ञासु बन्न, पाठ्यपुस्तकहरू भन्दा बाहिर समाज र सामाजिक अवयवहरुसँग र अन्तरक्रियात्मक सिकाइमा संलग्न हुन प्रेरित गर्ने उमेश विद्यार्थीहरूमा सिकाइको रुचि उत्पन्न गर्नुलाई आफ्नो पहिलोकाम ठान्नुहुन्छ । उमेशकोे विशेषज्ञता कक्षाकोठा शिक्षणमा मात्र सीमित छैन, उहाँ विद्यालयका गतिविधिहरू, कार्यशालाहरू र तालिम कार्यक्रमहरूमा सक्रिय रूपमा भाग लिनुहुन्छ र नेपाली भाषा शिक्षकको तालिम समेत प्रदान गर्नुहुन्छ । पाठ्यक्रम तथा पाठ्यपुस्तकको विकास, पाठ्यपुस्तकहरुको लेखन लगाएतका क्षेत्रमा राम्रो अनुभवी उमेशले शिक्षकको पेशागत विकास तालिम पुरा गर्नुका साथै प्रशिक्षण पनि प्रदान गर्नुभएको छ ।
Total Experience
Academic Qualification
Current Organization