img
Shakti Prasad Acharya

Instructor

Mathematics

Profile Details

गणित केवल एक विषय मात्र नभएर जीवनको अभिन्न अंग हो भन्ने विश्वास राख्ने गणितका शिक्षक हुन् शक्ति प्रसाद आचार्य । उहाँले शिक्षण, लेखन तथा अनुसन्धानका माध्यमबाट गणितको प्रभावकारिता स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्नुभएको छ । सरकारी तथा गैरसरकारी प्रकाशनहरूमा गणित विषयका पाठ्यपुस्तक लेखनमा संलग्न रहनुभएका आचार्य शिक्षा तथा मानव स्रोत विकास केन्द्र, पाठ्यक्रम विकास केन्द्र, धुलिखेल तालिमकेन्द्र जस्ता प्रतिष्ठित संस्थाहरूमा गणित विज्ञका रूपमा क्रियाशिल हुनुहुन्छ । अनिवार्य तथा ऐच्छिक गणित विषयका पाठ्यक्रम निर्माण, शिक्षण योजना, र शिक्षक निर्देशिका तयार पार्ने कार्यमा उहाँको महत्त्वपूर्ण सहभागिता रहेको छ । गणित शिक्षामा एम.एड. तथा एम.फिल. गर्नुभएका उहाँका योगदानहरूले शिक्षाक्षेत्रमा अमूल्य प्रभाव पारेका छन्, जसले गणित सिकाइलाई अझ प्रभावकारी, व्यावहारिक र जीवनोपयोगी बनाएको छ ।

Total Experience

22 Years

Academic Qualification

B. Sc, M. Ed

Current Organization

Galaxy Public School
img