img
Saroj Ghimire

Instructor

Nepali

Profile Details

सरोज घिमिरे नेपाली साहित्य क्षेत्रका एक सक्रिय स्रष्टा हुन् । उनी गोल्डेनगेट कलेज र पाठशाला नेपालसँग आबद्ध भई विगत १५ बर्ष देखि शिक्षण सिकाई क्रियाकलापमा समेत सक्रिय छन् । एम.ए. (नेपाली), एलएलबी, र बी.एड. शैक्षिक योग्यता हासिल गरेका घिमेरसँग दर्शकलाई आकर्षित गर्ने मिठो वाककला रहेको छ । वि.स. २०६० देखि निरन्तर रूपमा साहित्य सृजनामा सक्रिय रहेका घिमिरेका करिब एक दर्जन कृतिहरू प्रकाशित छन् । उनका लेखनमा विशेष रूपमा कविता र निबन्ध विधाको प्रमुखता देखिन्छ । उनका रचनाहरू विभिन्न पत्रपत्रिका तथा पाठ्यपुस्तकहरूमा समावेश भइसकेका छन् । साहित्यिक गतिविधिमा पनि उत्तिकै सक्रिय रहेका सरोज घिमिरेले विभिन्न प्रतियोगितामा सहभागिता जनाइरहेका हुन्छन् । नेपाली भाषा, साहित्य तथा शिक्षाक्षेत्रमा उनको योगदान उल्लेखनीय छ ।

Total Experience

21 Years

Academic Qualification

M. A. (Nepali), LLB, B.Ed.

Current Organization

गोल्डेनगेट कलेज, पाठशाला नेपाल
img