img
Rajukanta Acharya

Instructor

Mathematics

Profile Details

गणित बिषयमा एम.ए. र गणित शिक्षामा एम.एड. सम्मको शैक्षिक योग्यता हासिल गर्नुभएका राजुकान्त आचार्य एक कुशल र अनुभवी शिक्षक हुनुहुन्छ । शिक्षण क्षेत्रमा २० वर्षभन्दा बढीको अनुभव संगाल्दै चन्द्रागिरी नगरपालिका वडा नं ९ सतुङ्गलमा गणितका विषयका माध्यामिक शिक्षकका रूपमा कार्यरत हुनुहुन्छ । गणित शिक्षणमा नवीनतम विधिहरू अपनाउन मन पराउने आचार्य सरल र प्रभावकारी तरिकाले अवधारणाहरू बुझाउने क्षमता राख्नुहुन्छ । पाठ्यक्रम विकास केन्द्र, शिक्षा तथा मानवस्रोत विकासकेन्द्र तथा धुलिखेल तालिम केन्द्रमा समेत गणित विषयविज्ञकारुपमा आवद्ध आचार्य प्रभावकारी शिक्षणका साथै गुणस्तरीय प्रश्नपत्र निर्माणमा समेत महत्वपूर्ण योगदान दिनुहुन्छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्रमा समेत आफ्नो विशेषज्ञता प्रस्तुत गर्नुभएका आचार्यले “कक्षा ८ गणित शिक्षक निर्देशिका” जस्ता शिक्षण सामग्रीहरु तयार गर्नुभएको छ । शिक्षणलाई सहज, रोचक र प्रायोगिक बनाउने प्रयासमा सधैं लागिपरिरहने आचार्य विद्यार्थीहरूले माध्यमिक शिक्षा परीक्षा (एसईइइ) मा उत्कृष्ट प्रदर्शन गर्दै पालिकामा प्रथम स्थान हासिल गरेका छन् ।

Total Experience

20 Years

Academic Qualification

एम ए, एम एड

Current Organization

अमर ज्योति माध्यमिक बिद्यालय
img