Instructor
श्री राजिन पनेरू त्रिभुवन विश्वविद्यालय, पद्मकन्या बहुमुखी क्याम्पस, काठमाडामौ वि.स. २०७४ देखि प्राध्यापनरत हुनुअुन्छ । वि.स. २०६१ देखि माध्यमिक तहमा शिक्षण प्रारम्भ गर्नु भएका पनेरुले १० बर्ष भन्दा बढी विद्यालयतहमा नेपाली भाषा शिक्षणको अनुभव सँगाल्नु भएको छ । शैक्षिक र पेशागत क्षेत्रमा सधैं अब्बल रहने पनेरुले एमफिल, बि.एड. र एल.एल.बि. जस्ता उच्च शैक्षिक डिग्रीहरू हासिल गर्नुभएको छ जुन उहाँको कार्यकुशलता र विशेष क्षमताको प्रतिबिम्बन पनि हो । शिक्षण कार्यबाहेक, उहाँले राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चहरूमा एक दर्जनभन्दा बढी अनुसन्धानात्मक रचना तथा प्रतिष्ठित राष्ट्रिय पत्रिकाहरूमा आधा दर्जन लेखहरू प्रकाशित गर्नुका साथै समसामयिक लेखरचनामा महत्वपूर्ण योगदान दिनुभएको छ । सानैदेखि कडा मिहेनती , सृजनशिल एवं प्रतिभाका धनी पनेरूले वि.स. २०६१ मा जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान, २०६४ मा राष्ट्रिय कविता प्रतियोगितामा तृतीय स्थान, २०७२ मा लेखनाथ राष्ट्रिय प्रतिभा पुरस्कार र नरेन्द्रनिधि वाङ्मय पुरस्कार, नेपाल विद्याभूषण ‘क’ (२०७२) जस्ता पुरस्कारबाट सम्मानित हुनु भएको छ । वि.स.२०७३ मा विश्वविद्यालय अनुदान आयोगबाट दर्शनाचार्य विद्वत्वृत्ति प्राप्त गर्नु भएका पनेरुले विद्यालय तथा विश्व विद्यालयस्तरका पुस्तकहरु समेत लेखन तथा सम्पादन गर्नु भएको छ । लोकसेवा आयोग, शिक्षक सेवा आयोग तथा अन्य संस्थानहरूको प्रतियोगितमत्मक परीक्षा तयारीका प्रशिक्षकका रूपमा निकै परिचित पनेरु २०७२ देखि २०७६ सम्म नेपाल पुस्तकालय सङ्घको केन्द्रीय सदस्यको रूपमा, जेसिआई र लायन्स क्लबजस्ता संस्थाहरुको नेतृत्व तहमा रही सामाजिक सेवामा पनि उत्तिकै क्रियाशिल हुनुहुन्छ ।
Total Experience
Academic Qualification
Current Organization