Instructor
प्रेमनारायण भुसाल नेपाली शिक्षा क्षेत्रमा समर्पित एक प्रेरणादायी व्यक्तित्व हुनुहुन्छ । उहाँले बुढानिलकण्ठ विद्यालयमा २० वर्षदेखि अध्यापन गराउँदै आउनुभएको छ । शैक्षिक रूपमा उहाँले नेपाली र समाजशास्त्रमा स्नातकोत्तर (एम.ए.), मनोपरामर्शमा स्नातकोत्तर डिप्लोमा (पीजीडीपीसी), कानूनमा स्नातक (एलएलबी), र शिक्षामा स्नातक (बी.एड.) योग्यता हासिल गर्नुभएको छ । यस विविध शैक्षिक पृष्ठभूमिले उहाँलाई बहुआयामिक ज्ञान र अनुभव प्रदान गरेको छ । मनोसामाजिक परामर्श तालिम समेत प्राप्त गरेका भुसाललार्ई विद्यार्थीहरूको मनोवैज्ञानिक र भावनात्मक पक्षलाई बुझ्न र सहयोग गर्न सक्षम बनाएको छ साथैे शिक्षण पद्धतिलाई अझ प्रभावकारी र विद्यार्थीमैत्री बनाउन सहजिकरण गरेको छ । भुषालले बालबालिकासँग कस्तो व्यवहार गर्ने ?’ लगाएत दुई वटा पुस्तकहरू प्रकाशित गर्नुभएको छ । यो पुस्तक पाठकहरुले बालमनोविज्ञान र बालबालिकाको व्यवहारसम्बन्धी ज्ञान प्रदान गर्न महत्वपूर्ण स्रोतको रूपमा लिएका छन् । लेखन क्षेत्रमा, भुसालले १५ भन्दा बढी अनुसन्धानात्मक लेखहरू र करिब ३०० भन्दा बढी लेखहरू विभिन्न पत्रपत्रिका र अनलाइन माध्यमहरूमा प्रकाशित गर्नुभएको छ । उहाँका लेखहरूमा शिक्षा, समाज, बालमनोविज्ञान, र समसामयिक विषयहरूमा गहन विश्लेषण र विचारहरू प्रस्तुत गरिएका हुन्छन् । उहाँको लेखनशैली सरल, स्पष्ट र प्रभावकारी छ, जसले पाठकहरूलाई सजिलैसँग विषयवस्तु बुझ्न र आत्मसात गर्न मद्दत पुयाउँछ । उहाँको उत्कृष्ट शिक्षणकलाको सम्मान गर्दै उहाँलाइ ‘सर्वश्रेष्ठ शिक्षक पुरस्कार’ र ‘PATSAN पुरस्कार’ जस्ता सम्मानहरू प्रदान गरिएका छन् ।
Total Experience
Academic Qualification
Current Organization