img
Pawan Pradhan

Instructor

Science

Profile Details

शिक्षा क्षेत्रमा ३५ वर्षको अनुभव संगाल्नुभएका विज्ञान तथा शाररिक शिक्षाका शिक्षक श्री पवन प्रधान सान्जीवनी माध्यमिक विद्यालय, धुलिखेल, काभ्रेपलाञ्चोकका कुशल शिक्षक हुनुहुन्छ। उहाँले एम एड सम्मको अध्ययन गर्नुभएको छ र TPD, MTOT, TOT जस्ता विभिन्न पेशागत विकास तालिमहरू हासिल गर्नुभएको छ। साथै, TPD (Science Roaster Teacher) का रूपमा उहाँले विज्ञान शिक्षामा सुधार र नवप्रवर्तन ल्याउने कार्यमा सलग्न हुनुहुन्छा उहाँको विशेष चासो कम लागत वा विना लागतमा प्रभावकारी शिक्षण सामग्री विकास तथा आईसीटी-आधारित शिक्षण सामग्री निर्माणमा रहेको छ। डिजिटल युगमा प्रविधिलाई शिक्षण सिकाई प्रक्रियामा समाहित गर्न उहाँले शैक्षिक भिडियो निर्माण तथा युट्युब मार्फत सार्वजनिक गर्ने कार्यमा पनि संच राख्नुहुन्छ। व्यावसायिक शिक्षण र प्रविधिको समावेशीकरणबाहेक उहाँ चित्रकला तथा चित्राकन (Drawing and Painting) मा पनि संच राख्नुहुन्छ। शारीरिक गतिविधि र खेलकुदलाई शिक्षा तथा जीवनशैलीसँग जोड्न प्रेरित गर्ने प्रधान व्याडमिन्टन, टेबल टेनिस र भलिबल जस्ता खेलहरूमा पनि रूच राख्नुहुन्छ । शिक्षणमा नवप्रवर्तन र सृजनात्मक अभिव्यक्तिको अनौठो सयोजन प्रस्तुत गर्ने पवन प्रधान एक प्रेरणादायी शिक्षक प्रशिक्षक हुनुहुन्छ ।

Total Experience

35 Years

Academic Qualification

M.Ed.

Current Organization

Sanjiwani Secondary School
img