img
Manju Basyal

Instructor

Mathematics

Profile Details

१५ वर्षभन्दा बढी अध्यापन गर्नुभएका मञ्जु वस्याल एक अनुभवी माध्यमिक तहको गणित शिक्षकहुनुहुन्छ । उहाँले एम.एड. र एम.पी.ए. सम्मको उच्च शिक्षा हासिल गर्नुभएको बस्यालले ३० दिने TPD तालिम, धुलिखेल तालिम केन्द्र, काठमाडौं विश्वविद्यालय र शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट विभिन्न TOT र MTOT तालिमहरू पूरा गर्नुभएको छ । यस्ता तालिमहरुले उहाँलाई गणित शिक्षक प्रशिक्षकका रूपमा सक्षम र सबल बनाउँदै लगेको छ । उहाँ पाठ्यक्रम विकास केन्द्रमार्फत कक्षा ९ र १० को ऐच्छिक गणित लेखनमा संलग्न हुनुहुन्छ भने धादिङ शिक्षा पत्रिकामा “ गणित शिक्षणमा शैक्षिक सामग्रीको भूमिका र महत्व ” विषयक लेख प्रकाशित गर्नुभएको छ । ’ उत्कृष्ट शिक्षक पुरस्कार’ द्वारा सम्मानित हुनुभएको मञ्जु वस्याल गणित शिक्षाका क्षेत्रमा एक प्रेरणादायी व्यक्तित्व हुनुहुन्छ ।

Total Experience

15 Years

Academic Qualification

एम .एड. , एम. पि .ए

Current Organization

श्री कुलेश्वर माध्यमिक विधालय कुलेश्वर।
img