img
Kishor Khanal

Instructor

Mathematics

Profile Details

पुरानो गुह्येश्वरी माध्यमिक विद्यालय, तारकेश्वर अध्यापनरत कुशल गणित शिक्षक किशोर खनालले गणित मुल बिषय लिई स्नात्कोत्तर तहको अध्ययन पूरा गर्नुभएको छ । गणितीय चिन्तनमा अग्रपंत्रःीमा देखिनुहुने खनालसँग विद्यालयस्तरदेखि स्नातक तहसम्मको शिक्षण गरेको अनुभवनै १५ वर्ष भन्दा बढी छ । गणितीय अबधारणाहरु, गणितीय सिद्धान्तहरु, गणितीय अमुर्त ज्ञानहरु देखि गणितीय तार्किक चिन्तन सम्मका बिषयबस्तु विद्यार्थीहरूलाई स्पष्टता र सूक्ष्म ढंगबाट शिक्षण गर्ने शैली उहाँका अनुभवका प्रतिकहुन् । उहाँले शिक्षक पेशागत विकास (TPD) तालिमको सम्पूर्ण चरण सफलतापूर्वक सम्पन्न गर्नुभएको छ । यसले उहाँलाई कक्षाकोठामा देखापर्ने सिकाई समस्याहरु पत्तालगाई समाधानका उपायहरु सजिलै अबलम्बन गर्न सहयोगी बनेको छ । आधुनिक शिक्षण विधिहरूलाई गणित शिक्षामा समावेश गर्दै विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानका साथै उच्च शिक्षा र वास्तविक जीवनमा आवश्यक समस्या समाधान सीपको विकास गराउने नविनतम् कला भएका खनाल गणितलाई मनोरन्जनात्मकरुपमा शिक्षण गर्नुपर्नेकुरामा जोड दिनुहुन्छ । नेपाली साहित्य फुराउन सिपालु खनाल गीत तथा साहित्यमार्फत् गणित सिकाउन अब्बल देखिनुहुन्छ । तर्कशील सोच र साहित्यिक सिर्जनशीलताको दोहोरो रुचिले उहाँलाई एक विशिष्ट शिक्षकका रूपमा स्थापित गरेको छ जसबाट विद्यार्थीहरूमा विश्लेषणात्मक चिन्तन, व्यक्तित्व विकास र अभिव्यक्तिशिल कलाको विकासमा अनुपम प्रेरणा प्रदान गर्ने गर्दछ ।

Total Experience

15 Years

Academic Qualification

MA in Mathematics

Current Organization

Purano Guheswori Secondary School

Course by Kishor Khanal

No Courses Found

img