Instructor
केदार प्रसाद नेकेदार प्रसाद नेपाल, मानसिंह धर्म माध्यमिक विद्यालय, तारकेश्वर–१०, काठमाडौंका माध्यमिक गणित शिक्षक हुनुहुन्छ । गणित बिषयमा एम.ए., गणित शिक्षामा बी.एड. र एम.फिल. जस्ता उच्च शैक्षिक योग्यता हासिल गर्नुभएको नेपालले गणितलाई सरल र सहज तरिकाले शिक्षण गर्नुहुन्छ । १३ वर्षको लामो शिक्षण अनुभवले गणित विषयलाई रुचिकर बनाउन शिक्षण सिकाई क्रियाकलापमा नवप्रवर्तित विधिहरूको प्रयोग गर्न निकै सिपालु हुनु भएका नेपाल गणित बिषयलाई व्यावहारिक उदाहरणहरूका माध्यमबाट बुझाउन सक्ने क्षमता राख्नुहुन्छ । सिक्नु पूर्ब सिकाई वातावरण निर्माण गर्नुपर्छ भन्ने स्पष्ट बुझाई राख्ने गणित शिक्षक नेपाल आफ्ना शिक्षण शैलीमा सिर्जनात्मक र प्रयोगात्मक विधिहरुको प्रयोगमा जोड दिनुहुन्छ । विद्यार्थीहरुलाई सिकाईमा उत्प्रेरित गर्ने उहाँको क्षमताले त्यस विद्यालयको उन्नतीमा समेत निकै महत्वपूर्ण भुमिका खेलेको देखिन्छ ।
Total Experience
Academic Qualification
Current Organization