img
Jaya Prakash Shreevastab

Instructor

Science

Profile Details

शिक्षा क्षेत्रका एक प्रतिष्ठित व्यक्तित्व जय प्रकाश लाल श्रीवास्तवसँग ४३ वर्षसम्म माध्यमिक तथा निम्नमाध्यमिक तहको शिक्षण गरेको अनुभव रहेको छ । प्रभात माध्यमिक विद्यालय, त्यागल, ललितपुरलाई कार्यथलो बनाउँदै उहाँले एम.एड.सम्मको शैक्षिक योग्यता हासिल गर्नुभएको छ । शिक्षकको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उहाँले TPD का सम्पूर्ण मोड्युलहरू, एक महिने सेवा अवधिको तालिम पुरा गर्नु भएको छ । उहाँ विज्ञान विषयको प्रशिक्षकको भुमिकामापनि हुनुहुन्छ । उहाँ शिक्षणका साथै पाठ्यपुस्तक लेखन, पाठ्यक्रम विकास, तथा प्रशिक्षणमा सक्रिय सहभागि हुनुहुन्छ । उहाँले हाम्रो सेरोफेरो (कक्षा १, २, ३) तथा विज्ञान र प्रविधि (कक्षा ७ र ९) को पाठ्यपुस्तक निर्माणमा पाठ्यक्रम विकास केन्द्र (CDC) तथा विद्यार्थी प्रकाशन मार्फत महत्वपूर्ण योगदान दिनुभएको छ । विज्ञान तथा प्रबिधि बिषयको शिक्षक निर्देशिका लगायतका विविध शैक्षिक सामग्रीहरूको निर्माणमा संलग्न रहनु भएको छ । उहाँ राष्ट्रिय परीक्षा बोर्ड(NEB) का लागि Item Writing को म्यानुअल तयार पार्ने लेखक तथा प्रशिक्षक पनि हुनुहुन्छ । शिक्षा क्षेत्रमा अतुलनीय योगदानको कदरस्वरूप उहाँलाई चेम्बर पदक, महेन्द्र विद्या भूषण, ललितपुर जिल्लाको उत्कृष्ट शिक्षक पुरस्कार र धेरै सम्मान पत्रहरू द्वारा सम्मानित गरिएको छ । विज्ञान तथा प्रविधि विषयका विषय विशेषज्ञ (CDC), शिक्षक प्रशिक्षक (स्वतन्त्र रूपमा), तथा विभिन्न राष्ट्रिय संस्थाहरू (CEHRD, ERO, CDC) का रोस्टर विशेषज्ञ रहनु भएको छ । उहाँले लर्निङ प्लाटफर्म मार्फत भर्चुअल कक्षाहरू संचालन गरी डिजिटल शिक्षामा समेत उल्लेखनीय योगदान पुर्याउनु भएको छ । शिक्षा, अनुसन्धान, तथा प्रविधिको प्रभावकारी प्रयोगमार्फत ज्ञान सम्प्रेषण गर्ने उहाँको यात्रा सम्पूर्ण शिक्षाकर्मीका लागि प्रेरणादायी रहेको छ ।

Total Experience

39 Years

Academic Qualification

Master

Current Organization

Prabhat Secondary School (retired)
img