Instructor
अंग्रेजी विषयमा स्नातकोत्तर उपाधि सहित शिक्षण क्षेत्रमा १५ वर्षभन्दा बढी अनुभव हासिल गरेका विष्णु बराव अक्षरा स्कूलमा कार्यरत हुनुहुन्छ । आफ्ना शिक्षण विधिलाई अझ प्रभावकारी बनाउन क्रियाशित बराबबउ CLE Methodology, उनले विभिन्न तालिमहरू प्राप्त गरेका छन्, जसमा CLE मेयोडोलोजी, कक्षा व्यवस्थापन र शिक्षाशास्त्र (British Council), र ड्युक अफ एडिनवर्ग एसेसर तालिम उल्लेखनीय छन् । सामाजिक अध्ययन शिक्षणमा विशेष चासो राख्ने बराल सामाजिक विषयका शिक्षण प्रशिक्षणमा दख्खल राख्ने प्रशिक्षक पनि हुनुहुन्छ । त्यस्तै, उनले QKS स्कूलका सामाजिक अध्ययन शिक्षकहरूलाई पनि तालिम प्रदान गरेका छन्, जसले उनको प्रशिक्षकका रूपमा रहेको दक्षता देखाउँछा उनको शैक्षिक अनुसन्धानले पनि भाषा शिक्षणमा विशेष योगदान पुऱ्याएको छ, जसका लागि उनले 'Attitudes of Girls Towards Learning English" शीर्षकमा अनुसन्धान (थेसिस) सम्पन्न गरेका छन्। शिक्षण क्षेत्रमा समर्पित योगदानका लागि विष्णु बराललाई विभिन्न पुरस्कारहरूद्वारा सम्मान गरिएको छ। उनले नेपान प्रहरी स्कूल, साझा काभेद्वारा "प्रेरणादायी पुरस्कार" तथा "सर्वश्रेष्ठ गृह शिक्षक पुरस्कार" प्राप्त गरेका छन् । साथै, प्रारम्भ वर्ल्ड कलेज, सेसमती, काठमाडौद्वारा "प्रेरणादायी पुरस्कार" समेत प्राप्त गरेका छन्, जसले उनको शिक्षण क्षमताको उच्च प्रशसा दर्शाउँछ । शिक्षा प्रणालीलाई अझ व्यापक रूपमा बुभन उनले नर्वेको शैक्षिक प्रणालीको अवलोकन समेत गरेका छन्, जसले उनको शिक्षणमा अन्तर्राष्ट्रिय दृष्टिकोण थपेको छ। आधुनिक शिक्षण प्रविधि, विद्यार्थी-केन्द्रित शिक्षाशैनी, र प्रभावकारी कक्षा व्यवस्थापन जस्ता विधिहरूलाई अपनाउँदै उनले शैक्षिक क्षेत्रलाई अझ सवच बनाउन निरन्तर प्रयास गरिरहेका छन्। उनका यी समर्पण, दक्षता र योगदानले उनलाई एक प्रभावशाली शिक्षक मात्र होइन, शिक्षण क्षेत्रका प्रशिक्षक तथा मार्गदर्शकका रूपमा पनि स्थापित गराएको छ ।
Total Experience
Academic Qualification
Current Organization