Instructor
शालिन , सरल र मिजासिला माध्यमिक गणित शिक्षक श्री विमल आत्रेयले २० वर्षको लामो शिक्षण अनुभव संगाल्नु भएको छ । हाल कालिका मानविज्ञान माध्यमिक विद्यालय, बुटवल–१० मा कार्यरत उहाँले एम.एड. उत्तीर्ण गर्नुभएको छ । गणित शिक्षणमा नवीनतम् प्रभावकारि विधि प्रयोगमा ल्याउने उद्देश्यले उहाँले नेपाल गणित समाज (Nepal Mathematical Society) बाट TOT तालिम र शिक्षा तालिम केन्द्र (Education Training Centre) बाट TPD तालिम प्राप्त गर्नुभएको छ । गणित शिक्षणमा नयाँ प्रविधिहरू अपनाउने, शिक्षण क्षमताको अभिवृद्धि गर्ने र विद्यार्थीलाई सरल तथा प्रभावकारी ढंगले गणित सिकाउन सहजीकरण गर्नु उहाँको विशेषता हो । लामो अनुभव, गहिरो ज्ञान र निरन्तर सिक्ने प्रवृत्तिका कारण उहाँ शिक्षा क्षेत्रमा एक प्रेरणादायी व्यक्तित्वका रूपमा स्थापित हुनुहुन्छ ।
Total Experience
Academic Qualification
Current Organization