Instructor
आफ्नो पेशामा पूर्णरुपमा समर्पित गणित शिक्षक श्री भीमसेन खड्का हाल काठमाडौं कालिमाटी स्थित श्री नील बाराही माध्यमिक विद्यालयमा अध्यापनरत हुनुहुन्छ । गणित शिक्षामा एम.एड. उपाधि हासिल गर्नुभएका उहाँले गणितीय अवधारणाहरूमा गहिरो बुझाई राख्दै प्रभावकारी शिक्षण रणनीति विकास गर्नुभएको छ । शिक्षक पेशागत विकास (TPD) तालिम पूरागरी विभिन्न पुनर्ताजगी (refreshment) तालिमहरु प्राप्त गर्नाले उहाँको शिक्षण दक्षता अझ परिष्कृत मात्र भएको छैन उन्नत गणित शिक्षण नवीन तथा विद्यार्थीमैत्री शिक्षण विधिहरू, प्रबिधिहरुको उच्चतम् अभ्यास गर्न उहाँलाई सहयोगी बनेका छन् । उहाँको शिक्षण शैलीले गणितलाई सहज र रोचक बनाउन, आधुनिक शिक्षण प्रविधिहरूसँग अपडेट रहन, अन्तरक्रियात्मक सिकाइ वातावरण सिर्जना गर्न, विद्यार्थीहरूलाई गणितीय सीपहरु आत्मविश्वासका साथ प्रयोग गर्न प्रेरित गर्छ । जटिल विषयवस्तुहरूलाई सरल बनाउन सक्ने क्षमता र सैद्धान्तिक ज्ञानलाई व्यवहारिक अनुप्रयोगसँग जोड्ने उहाँको दृष्टिकोणले शिक्षण सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाएको छ । युवा विद्यार्थीहरूको बौद्धिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने शिक्षकका रूपमा स्थापित खड्का नील बाराही माध्यमिक विद्यालयमा गणित शिक्षाको समग्र सुधारमा समेत महत्वपूर्ण प्रभाव पार्न सफल हुनुहुन्छ ।
Total Experience
Academic Qualification
Current Organization